काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड १ र २ गरी दुवै अन्तर्गत सञ्चालित दुवै योजनाको प्रतिइकाई खुद सम्पत्तिको मूल्यमा वृद्धि भएको छ । सिटिजन्स म्युचुअल फण्ड २ र १ को गत मंसिर सम्मको वित्तीय विवरणमा कोषको प्रतिइकाई खुद सम्पत्तिको मूल्यमा वृद्धि भएको देखिएको हो ।
कात्तिक मसान्तसम्ममा सिटिजन्स म्युचुअल फण्ड २ को प्रतिइकाई खुद सम्पत्तिको मूल्य ११.४५ रुपैयाँ रहेकोमा मंसिर मसान्तमा वृद्धि भएर रू. १२ दशमलव ३७ पुगेको छ भने म्युचुअल फण्ड १ को प्रतिइकाई खुद मूल्य गत कार्तिकको तुलनामा बृद्धि भई ११.३५ रुपैयाँबाट ११.९८ रुपैयाँ पुगेको छ ।
कात्तिक मसान्तको तुलनामा मंसिर मसान्त दुवै सामूहिक लगानी कोषको खुद नाफा बृद्धि भएको देखिएको हो । कात्तिक मसान्तमा ९ करोड ५५ लाख ३६ हजार रुपैयाँ नाफा गरेकोमा मंसिर मसान्तमा वृद्धि भएर १४ करोड ७९ लाख १४ हजार रुपैयाँ पुगेको छ । सामूहिक लगानी कोषमा न्याभ बृद्धिको आधारमा ईकाईको मूल्य तलमाथि हुने गर्दछ ।