काठमाडौं । नेप्से ५ दशमलव ५७ अंकले बढेर २०१२ दशमलव ८९ को विन्दुमा कायम भएको छ।निर्जिवन बीमा, उत्पादनमूलक क्षेत्र, माईक्रोफाइनान्स र अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ।दिनभरिमा २ सय ९ सय वटा कम्पनीको ८० लाख १ हजार ३ सय १४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ।
नागरिक लगानी कोषका लगानीकर्ताले ९ दशमलव ९९ दरले कमाएका छन् भने नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ८९ का दरले कमाएका छन् । नागरिक लगानी कोष, नारायणी डेभलपमेन्ट बैंक, हिमालय जनरल इन्स्योरेन्स, शिव्म सिमेन्ट्स, हिमालयन डिस्टिलरी, एसबिएल डिभेञ्चर २०८२, आशा लघुवित्त, नाडेप लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, सबैको लघुवित्तका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाएका छन् ।