काठमाडौं । नेप्से ५ दशमलव ५७ अंकले बढेर २०१२ दशमलव ८९ को विन्दुमा कायम भएको छ।निर्जिवन बीमा, उत्पादनमूलक क्षेत्र, माईक्रोफाइनान्स र अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ।
दिनभरिमा २ सय ९ सय वटा कम्पनीको ८० लाख १ हजार ३ सय १४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नबिल बैंकको ५३ करोड १ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, शिव्म सिमेन्ट्सको २७ करोड ९३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
नागरिक लगानी कोषका लगानीकर्ताले ९ दशमलव ९९ दरले कमाएका छन् भने नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ८९ का दरले कमाएका छन् ।
मल्टिप्रपोज फाइनान्सका लगनीकर्ताले दशमलव ६ प्रतिशतका दरले गुमाएका छन् भने सेन्ट्रल फाइनान्सका लगानीकर्ताले ४ दशमलव ०९ प्रतिशतले घटेको छ।