काठमाडौं। यूनाइटेड इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारणसभाका लागि माघ ७ गते बोलाएको छ । उक्त सभा बिहान १०ः३० बजे कुपण्डोलस्थित होटल हिमालयबाट भर्चुअल माध्यमबाट हुने भएको कम्पनीले जनाएको छ । शेयरधनीहरुलाई उपस्थितिको लागि मिटिङ्ग आइडी तथा पासवर्ड कम्पनीको वेबसाइट मार्फट उपलब्ध गराईने कम्पनीले जनाएको छ ।
सभाले नियामक निकाय बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्ध पत्रमा तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।
साथै, सभाले आर्थिक बर्षमा २०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका पुस २१ गते एक दिन बन्द हुने भएको छ ।