काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । संस्थाको सञ्चालक समितिको बैठकले पुस ८ गते, बुधबारबाट लागू हुने गरी संस्थाको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरिएको जनाएको छ ।
अब क्यापीटलले धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने, शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायत संस्थाको शेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू मुक्तिनाथ क्यापिटलले गर्नेछ ।