काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमणको जोखिमबाट भक्तजनहरुको जीवन रक्षाको लागि कमलादी गणेशस्थान मन्दिरको प्राङ्गणमा अटोमेटिक सेनिटाईजर मेसिन जडान गरी हस्तान्तरण गरेको छ ।
जसबाट कोभिड–१९ को जोखिम न्यूनिकरण भई भक्तजनहरुले सुरक्षित रुपमा मन्दिर परिसर भित्र गई कमलादी गणेश भगवानको दर्शन गर्न सक्नेछन ।
प्रभु क्यापिटल लिमिटेडले सामाजिक दायित्व अन्र्तगतका कार्यहरु गर्दै अगाडि बढिरहेको र भविष्यमा समेत यस्ता सामाजिक दायित्व अन्र्तगतका कार्यहरु निर्वाह गरिरहने प्रतिवद्वता समेत व्यक्त गरेको छ ।