कामना सेवा विकास बैंकले शान्तीनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बैंकले आजदेखी विस्तारीत शाखा स्थापना गरी कारोबार शुभारम्भ गरेको हो ।
बैंकका तर्फबाट अध्यक्ष सुदीप आर्चाय तथा क्याम्पसका तर्फबाट प्रा.डा. घमान सिंह खड्काले संयुक्त रुपमा विस्तारीत शाखाको समुद्घाटन गरेका थिए ।
योसँगै अब बानेश्वर बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले क्याम्पसमा लाग्ने सम्पूर्ण शुल्क तथा दस्तुर विस्तारीत शाखाबाट नै भुक्तानी गर्नसक्नेछन् ।