काठमाडौं । ग्लोबल आईएमई बैंक र निर्यात व्यवसायी महासंघ नेपालबीच सम्झौता भएको छ । बैंक र संघबीच निर्यात सहजीकरणका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने समझदारी भएको हो । महासंघमा आबद्ध सदस्य संघसंस्थाहरूलाई सहुलियतपूर्ण कर्जाका साथै सरल–सहज बैंकिङ सेवा प्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा बैंकका सिईओ रत्नराज वज्राचार्य र महासंघका अध्यक्ष रामबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकले निर्यात व्यवसायीलाई आवश्यकताअनुसार अल्पकालीन तथा दीर्घकालीन अवधिसम्मका लागि सहुलियतपूर्ण ब्याजदरमा कर्जा प्रवाह गर्नेछ । बैंकले महासंघका सदस्यहरूलाई आवश्यक अन्य बैंकिङ सेवा सरल र सहज रूपमा उपलब्ध गराउनेछ । यस्तै बैंकले निकासी डकुमेण्ट खरीद, नगद अनुदान, पुनर्कर्जा, विदेशी मुद्रा खाता तथा सटही सुविधालगायत निर्यात व्यवसायसँग सम्बन्धित अन्य सेवा समेत उपलब्ध गराउनेछ ।