काठमाडौं । मल्टीपर्पस फिनान्सले संस्थापक शेयर पुस १७ गतेदेखि लिलामीमा विक्री गर्ने भएको छ । कम्पनीले १७ लाख ५९ हजार ६२१ कित्ता संस्थापक शेयर लिलामी मार्फत विक्री गर्न लागेको हो ।
उक्त लिलामी शेयरमा माघ १० गतेसम्म आवेदन गर्न सकिनेछ । शेयरको न्यूनतम मूल्य १ सय तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।
आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र वा अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सक्नेछन् । १० लाख रुपैयाँसम्मको आवेदन दिने आवेदकले स्वेच्छिक रुपमा र सो भन्दा बढी रकमको लागि आवेदन दिने आवेदकले अनिवार्य रुपमा स्थायी लेखा नम्बर खुलाउनु पर्ने कम्पनीले जनाएको छ ।