Connect IPS
IME Life

एनआईसी एशियाको स्वामित्वमा रहेको दुई इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर लिलामीमा

SPIL
NIC ASIA new
Sanima Reliance

 

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको सूर्या लाईफ इन्स्योरेन्स र एशियन लाईफ इन्स्योरेन्सको संस्थापक समूहको शेयरमा शुक्रबार आजबाट गोप्य शिलबन्दी बोलपत्र खुला भएको छ । गत मंसिर १४ गतेदेखि १९ गतेसम्म बोलपत्र आह्वान गरेकोमा नेपाल धितोपत्र बोर्डको पत्र बमोजिम आवेदन प्रक्रिया स्थगित गरी पुनः पुस १० गतेबाट १६ गतेसम्म संस्थापक समूहको शेयरमा आवेदन खुला गरिएको जनाएको छ ।

Prabhu
Crest

उक्त शेयरहरु खरिद गरी बिक्री गर्न इच्छुक प्रचलित कानुन बमोजिम योग्य लगानीकर्ताहरुले ६ कार्य दिन भित्र सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकमा प्रतिकित्ता ३ सय ७५ रुपैयाँ र एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रतिकित्ता ४ सय ६४ रुपैयाँमा नघट्ने गरी शर्तहरु पुरा गरी आवेदन दिन सक्ने छन् ।

बोलपत्र आवेदन एनआइसी एशिया क्यापिटल लिमिटेड र एनआईसी एशिया बैंक लिमिटेडका विराटनगर, बीरगंज, महेन्द्रपुल, श्रवनपथ बुटवल, हस्पिटल लाइन धरान र विरेन्द्रचोक सुर्खेत शाखा कार्यालयहरुबाट दिन सकिनेछ ।

सूर्या लाईफको १ लाख १२ हजार ९९४ कित्ता र एशियन लाईफ इन्स्योरेनको १ लाख ३९ हजार ४७० कित्ता संस्थापक समूहको शेयर बिक्री गर्न लागेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS