काठमाडौं । जन्मदिनको अवसरमा आफना सन्तानलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । पछिल्लो समय जिन्सी , नगद र अन्य उपहारका सामान भन्दा आफ्नो बच्चाको भावी सुरक्षाको लागि अभिवाकहरुले बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ।
यसैक्रममा सुनसरी जिल्लाको इटहरी उप–महानगरपालिका वडा नं १ निवासी नविन श्रेष्ठ र सोविना राई श्रेष्ठले आफ्नी छोरीलाई अन्न प्राशनको अवसरमा आईएमई लाइफको ५०र ५० लाख कूल एक करोड रुपैयाँको आईएमई लाईफ इन्स्योरेन्सको बाल उज्वल बीमा पोलिसी उपहार दिएका छन् ।
छोरीको अन्नप्राशनको अवसर पारेर उक्त दम्पत्तिले जनही ५०/५० लाख रुपैयाँको दुईवटा जीवन बीमा पोलिसी उपहार दिइएको आइएमई लाईफ इन्स्योरेन्स कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजर नगेन्द्र कुमार श्रेष्ठले बताए । उक्त पोलिसी कम्पनीका वरिष्ठ एजेन्सी म्यानेजर नगेन्द्र श्रेष्ठले कुमार श्रेष्ठ परिवारलाई हस्तान्तरण गरेका थिए ।