काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ बराबरको रिभर्स रिपो बिक्री गर्ने भएको छ । बैंकलेआज पुस ९ गते, एक सुचना जारी गर्दै उयस्तो बताएको छ ।
बैंकले ९० दिन अवधिका लागि बोलकबोल गर्न लागिएको उक्त रिभर्स रिपोमा वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुले लगानी गर्न पाउनेछन् ।
सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले अनलाइन बिडिङ गर्नुपर्नेछ । रिपो खरिदका लागि मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने बैंकले जनाएको छ । उक्त रिपो चैत्र ११ गते परिपक्क हुने बैंकले जनाएको छ ।