काठमाडौं । आज नेप्से परिसूचक २९ दशमलव ८३ अंकले घटेर २,०३८ दशमलव ६३ को विन्दुमा कायम भएको छ । आज ट्रेडिङ र होटल्स बाहेक सबै उपसूचक घटेका छन् । आज ९८ लाख ६० हजार ५ सय ३६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ३६ करोडमाथिको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ६१ करोड ४९ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफको ५९ करोड ८१ लाख, एनआइसी एशिया बैंकको ३२ करोडमाथि, प्रभु बैंकको २८ करोडमाथिको शेयर कारोबार भएको छ ।