काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र महिला उद्यमी महासंघबीच सम्झौता भएको छ । बैंक र मंहासघबीच महिला उद्यमी कर्जा प्रवाहसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापश्चात् महिला उद्यमी महासंघ, नेपालको सिफारिसमा बैंकले महिला उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्नेछ । जसका लागि महिला उद्यमशीलता कर्जा १५ लाखसम्म सहुलियतपूर्ण दरमा प्रदान गरिनेछ ।
महिला उद्यमशीलताको विकास गर्न चाहिने आर्थिक आवश्यकताको मागलाई सम्बोधन गर्न यो सम्झौताले थप मद्यत गर्ने बैंकले विश्वास लिएको छ।