काठमाडौं । नेपाल बैंकले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले सभामार्फत १६ प्रतिशत लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पारित गर्ने भएको छ । सभा पुस २९ गते बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा बिहान ११ बजे हुने भएको छ। सभा भर्चुअल माध्यमबाट संचालन हुने बैंकले जनाएको छ ।
बैंकले गत वर्षको नाफाबाट १२ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । यस्तै, सर्वसाधारण समूहबाट तीन जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि सभामा पेश गर्ने भएको छ ।
बैंकले आ.व २०७६/७७ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने प्रस्ताव पनि सभामा राख्ने भएको छ ।सभा प्रयोजनका लागि पुस १६ गते बुक क्लोज हुनेछ । जसका कारण पुस १५ गतेसम्म कायम रहेका शेयरधनीहरुले सभामा भाग लिन पाउनेछन् ।