काठमाडौं । आज शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार ७ दशमलव ०४ अंकले बढेर २,०६८ दशमलदव ४५ को विन्दुमा कायम भएको छ । आज बैंकिङ, लाइफ इन्स्योरेन्स र म्युचअल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।
आज सबैभन्दा धेरै नेपाल लाइफको १ अर्ब ४३ करोडमाथिको करोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ४५ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, एनआइसी एशिया बैंकको ३३ करोडमाथि, नविल बैंकको २७ करोडमाथिको शेयर कारोबार भएको छ ।