Connect IPS
IME Life

सेबोन सञ्चालक समिति बैठकमा स्टक ब्रोकर कमिशन घटाउने निर्णय भएन, भोलि अर्को बैठक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्टक ब्रोकर कम्पनीहरुले शेयर कारोबारबापत लिँदै आएको कमिशन घटाउने सम्बन्धमा धितोपत्र बोर्डमा छलफल जारी छ । बुधबार बसेको बोर्डको सञ्चालक समितिको बैठकले कुनै निष्कर्ष दिन नसकेको बोर्ड सम्बद्ध स्रोतले जानकारी दिएको छ । स्टक ब्रोकर कमिशन घटाउने सम्बन्धमा भोलि बिहिवार पुनः सञ्चालक समितिको बैठक आह्वान गरिएको छ । सम्भवतः भोलिको बैठकले यस सम्बन्धी ठोस निर्णय गर्नेछ ।

हिजो अपरान्ह ५ बजेपछि सुरु भएको बैठकमा उपकार्यकारी निर्देशक डा. नबराज अधिकारीले बुझाएको प्रतिवेदनमाथि केन्द्रीत भएर छलफल भएको थियो । बुधबारको छलफलमा स्टक ब्रोकर कम्पनीहरुले हाल पाउँदै आएको ब्रोकर कमिशन र घटाउँदा पर्ने फरकका सम्बन्धमा गम्भिर छलफल भएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए । बोर्डले डा. अधिकारीको संयोजकत्वमा गठन गरेको कार्यदलले बुझाएको प्रतिवेदनमाथिको छलफल गरेको हो । डा. अधिकारीले बोर्ड समक्ष प्रस्तुतिकरण पेश गरेका थिए । स्टक ब्रोकर कमिशन सम्बन्धमा आगामी बिहिवार पुनः बैठक बसी अन्तिम निर्णय गर्न सक्ने सम्बद्ध स्रोतले जानकारी दिएको छ ।

Prabhu
Crest

नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिशन शुल्क घटाउने सम्बन्धमा निर्णय गर्ने तयारी गरेपछि स्टक ब्रोकर एशोसिएशन अफ नेपालले ब्रोकर कमिशन नघटाउन दवाव दिएको छ । एशोसिएशनले स्टक ब्रोकर कमिशन धेरै घटाउँदा कम्पनीहरु टिक्नै नसकेर पलायन हुनुपर्ने अवस्था आउनसक्ने चेतावनी दिएपछि बोर्डले सघन छलफलपछि मात्रै निर्णय लिने अवस्थामा पुगेको जनाइएको छ ।

बोर्डकी सूचना अधिकारी दीपा दाहालले सेबोनको सञ्चालक समितिमा स्टक ब्रोकर कमिशन घटाउने सम्बन्धमा छलफल जारी रहेको बताउँदै सबै पक्षसँगको छलफलपछि सञ्चालक समितिको बैठकले उपयुक्त निर्णय लिने बताइन् । स्मरणरहोस्, अर्थमन्त्री विष्णु पौडेलले केही दिनअघि स्टक ब्रोकर कमिशन तत्काल घटाउन निर्देशन दिएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS