Connect IPS
IME Life

मेगा बैंकले ल्यायो भिडियो कलबाटै खाता खोल्ने सुविधा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेगा बैंक नेपालले नेपालमै पहिलोपटक ‘भिडियो कल’बाट खाता खोल्ने सुविधा ल्याएको छ । ग्राहकहरुको सुविधा र अत्याधुनिक बैंकिङ प्रविधिलाई आत्मसात गर्दै मेगा बैंकले ‘भिडियो कल’बाटै खाता खोल्ने सुविधा ल्याएको बैंकले जनाएको छ ।

ग्राहकहरुलाई विभिन्न प्रकारका सेवा सुविधा दिइरहेको मेगा बैंकको यस सुविधाबाट ग्राहकहरुले घरबाटै आफूले चाहेको खाता खोल्न सक्नेछन् । इन्टरनेटको पहुँचमा रहेका ग्राहकहरुलाई ‘भिडियो कल’ बाट खाता खोल्ने सुविधा अति नै सहज र प्रभावकारी हुने मेगा बैंकको विश्वास छ । आफूले खोल्न चाहेको खाताबारे जानकारी दिनासाथ मेगा बैंकका सम्बन्धित युनिट र विभागले ग्राहकलाई सम्पर्क गर्ने व्यवस्था मिलाइएको बैंकले जनाउको छ।

Prabhu
Crest

यो सेवा कसरी लिने ?

सबैभन्दा पहिला ग्राहकहरुले मेगा बैंकको आधिकारिक वेबसाइट मेगा बैंक नेपाल डटकम खोल्नुपर्ने हुन्छ । वेबसाईटको सबैभन्दा माथि बायाँतर्फ ‘अनलाईन अकाउन्ट ओपन मेनु’ आउँछ । यस मेनुमा क्लिक गरेपछि त्यहाँ मेगा बैंकका विभिन्न बचत खाता योजनाहरु भेटिन्छन् र आफूले कुन खाता खोल्न चाहेको हो, त्यो छान्नुपर्छ । छानिसकेपछि ‘कृएट’ ट्याबमा क्लिक गरेर भिडियो कलसम्बन्धी सुविधा रोज्नुपर्छ ।

ग्राहकले त्यसमा टीक लगाउना साथै आफ्नो नाम, मोवाइल नम्बर, इमेल, नजिकको शाखा कार्यालय र भिडियो कलका लागि मिति सहितको विवरण भरी आफ्नो नागरिकता वा पासपोर्टलाई फोटो खिचेर वा स्क्यान भएको भए सोही अनुसार छनौट गरेर अपलोड गर्नुपर्छ । त्यो विवरण प्राप्त गर्नासाथ मेगा बैंकका सम्बन्धित युनिट र विभागले ग्राहकलाई सम्पर्क गरी सेवा प्रारम्भ गर्दछन् ।

नेपालको बैंकिङ क्षेत्रमा नयाँ नयाँ प्रविधि भित्राइरहेको हालको सन्दर्भमा मेगा बैंकले ग्राहकहरुलाई अत्याधुनिक सुविधा दिने उद्देश्यले भिडियोबाट खाता खोल्ने सेवा ल्याएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताउनुभयो । ‘यसले इन्टरनेटको पहुँचमा रहेका ग्राहकहरुलाई खाता खोल्नकै लागि बैंकमै आउनुपर्ने वाध्यताको अन्त्य हुने विश्वास लिएका छौं’– सिइओ खुञ्जेलीले भने ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS