काठमाडौं । नेपाल फाइनान्सले निष्काशन गरेको १ सय अंकित १६ लाख ५७ हजार ५ सय ६ कित्ता हकप्रद शेयर बाँडफाँड भएको छ ।
फाइनान्सले गत कात्तिक ५ गतेसम्म शेयरधनी दर्ता पुस्तिकामा कायम शेयरधनीहरुलाई मंसिर ४ गतेदेखि २४ गतेसम्म एक शेयर बराबर १.२५ (१ः१.२५)को अनुपातमा हकप्रद निष्काशन गरेको थियो ।
उक्त मितिसम्म आवेदन दिएका शेयरधनीहरुलाई पुस ७ गते मंगलबार हकप्रद शेयर बाँडफाँड गरिएको फाइनान्सले जनाएको छ। कम्पनीको हकप्रद तथा विक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको थियो ।