काठमाडौं । ग्लोबल आइएमई लघुवित्तले पुस २९ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त सभा गेट वे हिमालय रिपोर्ट, बेसिशहर लमजुङमा बिहान ९ बजे भचुअल माध्यमबाट सञ्चालन हुने कम्पनीले जनाएको छ ।
सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २७ दशमलव४७ प्रतिशत बोनस सेयर र कर तिर्न १ दशमलव ४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
त्यस्तै, लघुवित्तले स्पर्श लघुवित्त वित्तीय संस्थालाई एक्वायर गर्न सेयर स्वाप रेसियो पारित गर्ने एजेन्डा समेत सभामा प्रस्तुत गर्ने भएको छ। कम्पनीको अधिकृत पुँजी वृद्धि गर्ने एजेन्डा पनि रहेको छ ।
सभा प्रयोजनका लागि लघुवित्तले पुस १५ गते बुक क्लोज गर्ने भएको छ । जसका कारण पुस १४ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा सहभागी हुन पाउनेछन् ।