Connect IPS
IME Life

नबिल बैंकको साधारण सभा पुस २९ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल बैंक लिमिटेडले वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ । बैंकको पुस ७ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको ३६औं वार्षिक साधारण सभाको मिति तय गरेको हो । उक्त सभा बैंकको केन्द्रिय कार्यालय, दरबारमार्ग, काठमाडौँमा बिहान १० बजेबाट सुरू हुने जनाएको छ ।

सभामा बैंकको पुस ६ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ३३ दशमलव ५ प्रतिशत (१०० कित्ता बराबर ३३ दशमलव ५ कित्ता) बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १ दशमलव ७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।

Prabhu
Crest

सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू रहेका छन् ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश लिन पाउनेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS