काठमाडौं । नेप्से ९५ दशमलव ४६ अंकले बढेर २०६१ दशमलव ४१ को विन्दुमा कायम भएको छ।आज सबै क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । दिनभरिमा २ सय ५ सय वटा कम्पनीको १ करोड २७ लाख १७ हजार १ सय ४६ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७४ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल लाइफकोे ८६ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै,एनआईसी एशिया र्बैंकको ४६ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
शिखर इन्स्योरेन्सका र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयर १० प्रतिशतले बढेको छ भने नबिल बैंकको शेयर ९ दशमलव ९९ प्रतिशतले बढेको छ।
नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ९२ का दरले गुमाएकाछन् भने युनाईटेड ईदी मर्दीका लगानीकर्ताले ९दशमलव ९० प्रतिशतले घटेको छ।