काठमाडौं । गुँरास लघुवित्त वित्तीय संस्थाले पुस २९ गते साधारण सभा गर्ने भएको छ । कम्पनीले सभा बिहान ११ बजे न्यू अञ्जली होटल धनकुटा ७ धनकुटामा गर्ने जनाएको छ ।
सभामा संस्थाले कम्पनीको संस्थापक समूह क मा ५ जना सञ्चालकहरु निर्वाचित गर्ने प्रस्ताव पारित गर्नेछ । साथै अन्य प्रस्तावमा आव २०७६र ७७ को वार्षिक प्रतिवेदन पारित गर्ने एजेण्डा रहेको छ ।
साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस १५ गतेदेखि २९ गतेसम्म बन्द रहने छ । त्यसैले पुस १४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।