काठमाडौं । आरबिबि मर्चेण्ट बैंकिङले वार्षिक साधारण सभा आह्वान गरेको छ। क्यापिटलले पुस २८ गते सभा बोलाएको हो । सभा राष्ट्रिय बाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा आरान्ह ३ बजे हुने भएको छ ।
क्यापिटलको पुस ५ गते सम्पन्न सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । सभाले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । साथै कम्पनीको प्रबन्धपत्र तथा नियामवालीमा उद्येश्य थप गर्न विशेष प्रस्ताव पनि पारित गर्नेछ ।