Connect IPS
IME Life

साना किसान लघुवित्तको साधारणसभा पुस २८ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको १९औं वार्षिक साधारणसभा पुस २८ गते मंगलबार हुने भएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय सुविधानगर तिनकुनेबाट भिडियो कन्फ्रेन्समार्फत बिहान ११ बजे हुने जनाएको छ।

सभाले चुक्ता पूँजीको १ दशमलव ३२ प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्ने छ भने सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने छ ।

Prabhu
Crest

सभामा संस्थाको प्रबन्धपत्रमा व्यवस्था भएको जारी र चुक्तपूँजी रु १ अर्ब २ लाख २९ हजार ४२५ बाट वृद्धि गरी जारी र चुक्तापूँजी १ अर्ब २५ करोड १५ लाख ३० हजार ९८२ कायम गर्न र सोही अनुसार मिलान गर्न प्रबन्धपत्रको दफा ५ मा संशोधन गर्ने प्रस्ताव पनि परित गरिने छ ।

साधारणसभा प्रयोजनका लागि पुस १६ गतेदेखि २८ गतेसम्म बैंकको शेयरधनी दर्ता किताब बन्द रहने छ । त्यसकारण पुस १५ गतेसम्म शेयर कारोबार गरेका शेयरधनीहरु सभामा भाग लिन तथा लाभांश पाउन योग्य हुनेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS