काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले पुस २८ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुस ६ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको २०औं वार्षिक साधारण सभाको मिति तय गरेको हो । सभा बैंकको प्रधान कार्यालय, हात्तीसार, काठमाडौँमा बिहान ११ः३० बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुने बैंकले जनाएको छ ।
सभामा बैंकको मंसिर २९ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ९ प्रतिशत बोनस शेयर र २ दशमलव ५ प्रतिशत नगद ९कर प्रयोजनका लागि० गरी कुल ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेका छन् ।
सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू रहेका छन् ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।