Connect IPS
IME Life

एलआईसी नेपालद्वारा नयाँ बीमा योजना सार्वजनिक , बीमितको उमेर १०० वर्ष रहदासम्म बीमा रक्षावरण हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं ।  “जीवनभरको लागि पेन्सन र रक्षावरण” भन्ने सन्देशकासाथ एल.आई.सी. नेपालले ‘न्यू जीवन तरङ्ग’ नामक जीवन बीमा योजना बजारमा ल्याएको छ । कम्पनीले आफ्नो कर्पोरेट कार्यालयमा आयोजित कार्यक्रममा उक्त ‘ न्यू जीवन तरङ्ग’ योजनाको सार्वजनिक अनावरण कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री लक्ष्मी प्रसाद दासले गरेका छन्   ।

न्यू जीवन तरङ्ग बीमा योजना  १५ देखी ६० बर्षसम्म उमेरका व्यक्तिहरुले  लिन सक्नेछन् । न्यूनतम बीमाङ्क रकम रु. २ लाख कायम गरिएको छ भने अधिकतम बीमाङ्कको सीमा बीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिन्छ । यस योजनामा बीमा अवधि १० वर्ष, १५ बर्ष र २० बर्ष रहेको छ । यस बीमा योजनाले बीमितको उमेर १०० वर्ष रहदासम्म बीमा रक्षावरण गर्दछ भने अधिकतम रु. ७५ लाखसम्मको दुर्घटना लाभ र स्थायी असक्तता लाभसमेत उपलब्ध छन् ।

Prabhu
Crest

बीमाशुल्क भुक्तानी अवधिमा बीमितको निधन भएमा बीमांक रकम र सो अवधिसम्मको आर्जित बोनस रकम इच्छाएको व्यक्तिलाई प्रदान गरिन्छ । बीमाशुल्क भुक्तानी अवधिसम्म बीमित जिवित रहेमा आर्जित बोनस प्रदान गरिन्छ र सोपछिको प्रत्येक बीमा वर्ष दिवसमा बीमांकको ५.५% रकम सुनिश्चित लाभ (पेन्सन सरह) बीमित ९९ वर्ष हुँदासम्म प्रदान गरिन्छ । पेन्सन लिईरहेको अवस्थामा बीमितको निधन भएमा इच्छाएको व्यक्तिलाई वा बीमित १०० वर्षसम्म जीवित रहेमा निजलाई नै बीमांक बराबरको रकम प्रदान गरिन्छ ।

पेन्सन लिइरहेको अवस्थामा जहिले पनि बीमा समर्पण गर्न सकिनेछ । बीमा समर्पण गर्दा पेन्सनबापत लिएको रकम कटौती नगरी बीमांकको ९५% समर्पण मूल्य रकम बीमितले प्राप्त गर्न सक्नेछन् । बीमा चलेको २ वर्ष पश्चात् कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन सकिन्छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत  दासले बीमितले आफ्नो अवकाशपछिको जीवनमा नियमित पेन्सन प्राप्त गरी आर्थिक सुनिश्चितता प्राप्त गर्न यो योजना अति उपयोगी रहने बताउनु भयो । कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत टी. बर्णवालले नयाँ  बीमा योजनाको बारेमा प्रकाश पारेका  थिए । उनले यो योजनाका उत्कृष्ट विशेषताहरुका कारण ग्राहकहरुमाझ लोकप्रिय हुने विश्वास व्यक्त गरेका छन्  ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS