काठमाडौं । नेप्से ३० दशमलव ३३ अंकले बढेर १९६५ दशमलव ९६ को विन्दुमा कायम भएको छ।ट्रेडिङ, होटल र म्युचुअल फन्ड बाहेक अन्य क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । दिनभरिमा २ सय २ सय वटा कम्पनीको १ करोड २३ लाख ८२ हजार ४ सय ८२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल लाइफकोे ७२ करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ ।त्यस्तै, नेपाल पुनर्बीमाको ५७ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
एनआईसी एशिया बैंकका लगानीकर्ताले ९ दशमलव ९० का दरले कमाएका छन् भने एनएमबि लघुवित्तका लागनीकर्ताले ६ दशमलव २२ प्रतिशतका दरले कमाएका छन् ।
नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशमलव ८७ का दरले गुमाउका छन् भने युनाईटेड ईदी मर्दीका लगानीकर्ताले ९दशमलव ८५ प्रतिशतले घटेको छ।