काठमाडौं ।नेशनल बैंकिङ्ग ईन्स्च्यिूटले १२औं वार्षिक साधारणसभाका लागि पुस २७ गते बोलाएको छ उक्त सभा भर्चुअल माध्यमबाट बिहान ११ः०० बजे हुने कम्पनीले जनाएको छ ।
सभाले संचालक समितिले प्रस्ताव गरेको आर्थिक बर्ष २०७६र७७ को म्नाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ५ प्रतिशत नगद लाभाशं वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै वर्तमान संचालकहरुमध्ये सञ्चालक समितिबाट नियुक्त भएका आरती राज्यलक्ष्मी राणा र तुलसी प्रसाद घिमिरेलाई सञ्चालक तथा निर्मल दाहाललाई स्वतन्त्र सञ्चालकमा नियुक्तिका लागि अनुमोदन गर्ने प्रस्ताव पनि अघि बढाउने भएको छ ।