काठमाडौं । बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल (बिफिन) ले साधारणसभा बोलाएको छ । उक्त सभा पुस २९ गते नयाँ बानेश्वर स्थित केन्द्रिय कार्यालयमा हुने भएको छ । सभामा संचालक समितिको अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुनेछ ।
त्यस्तै, सभामा आईपिओ निष्काशन प्रस्ताव पेश हुने छ । कम्पनीले सर्बसाधारणलाई १० प्रतिशत अर्थात ५५ लाख रुपैयाँ बराबरको ५५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले आईपिओ निष्काशनको लागि गर्नु पर्ने सम्पूर्ण कार्य गर्ने जिम्मा संचालक समिति वा समितिले तोकेको व्यक्तिलाई दिने प्रस्ताव पेश गर्ने छ ।
साथै सभामा आईपिओ निष्काशनका लागि कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्नु परेमा सो को अख्तियारी संचालक समितिलाई प्रदान गर्ने भएको छ ।