काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको पुस ५ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको ८औं वार्षिक साधारण सभा पुस २७ गते सोमबार, होटल पोखरा, ग्रान्ड, पार्दी, पोखरामा बिहान ११ बजेबाट सुरू हुने जनाएको छ ।
सभामा संस्थाको मंसिर ९ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद (कर प्रयोजनका लाग) गरी कुल २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
साथै, सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।
संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १४ गतेदेखि पौष २७ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस १३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।