Connect IPS
IME Life

सानिमा बैंकको ऋणपत्रमा आवेदन दिने समय थपियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । सानिमा बैंक लिमिटेडले पौष १ गते, बुधबारबाट निष्काशन तथा बिक्री खुला गरेको ऋणपमा आवेदन दिने समय थपिएको छ । यसअघि हिजो पौष ५ गतेसम्म आवेदन दिन पाइने भनिएकोमा अब पौष १५ गतेसम्म पुर्याइएको बैंकले एक सुचना जारी गर्दै जनाएको वहछ ।

बैंकले पौष १ गतेबाट ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको थियो । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गर्नेछ । यसैगरी, सर्वसाधारणका लागि निष्कासन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ८० हजार कित्ता कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

Prabhu
Crest

बैंकले १० वर्ष अवधिको लागि ‘१०।२५ प्रतिशत सानिमा बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र जारी गरेको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोन० ले बैंक अफ काठमाण्डूलाई कार्तिक २४ गते सोमबार ऋणपत्र निष्कासन गर्न अनुमति दिएको थियो ।

बैंकको उक्त ऋणपत्रमा निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १६ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले एनआईसी एशिया क्यापिटल लिमिटेड, सानिमा बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS