काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । बैंकको आज पौष ६ गते बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।