Connect IPS
IME Life

एलआईसी नेपालद्वारा नयाँ बीमा योजना सार्वजनिक गर्ने तयारी , के के छन् विशेषता ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एलआइसी नेपालले नयाँ जीवन बीमा योजना संचालनमा ल्याउदै  छ । कम्पनीले न्यू जीवन तरङग नामक जीवन बीमा योजना सार्वजनिक  गर्ने तयारी गगरिरहेको कम्पनीका सुचना अधिकारी बिनोद कुमार भुजेलले इन्स्योरेन्स खबरलाई बताए  । कम्पनीले बीमा समितिबाट स्वीकृति लिई यसअघिको जीवन तरंग बीमा योजनालाई थप समृद्ध गरी बजारमा ल्याएको जनाएको छ ।

जीवनभरको लागि पेन्सन र रक्षावरण’ नाम दिइएको उक्त बीमा योजना बीमा अवधी समाप्त पश्चात समेत जोखिम बहन गर्ने ग्यारेन्टी गरिएको छ । बीमा गरेपछि ९९ वर्षसम्म पेन्सनको रुपमा रकम पाइने हुँदा एलआईसी नेपालको नयाँ बीमा योजना लोकप्रिय हुने विश्वास लिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

न्यू जीवन तरंग बीमा योजनाका विशेषताहरुः
–नयाँ बीमा योजना अन्तर्गत बीमितहरुले आफूले चाहेको अवधिभित्र बीमा शुल्क तिर्न सकिने (१० वर्ष,१५ वर्ष वा २० वर्ष) छ ।

–बीमा भुक्तानी अवधिभर बीमाङक रकम र संचिती बोनश सहितको जोखिम बहन ।

–बीमा शुल्क भुक्तानी अवधि भित्र बीमितको मृत्यु भएमा बीमाङ्क रकम र उक्त अवधिमा आर्जित बोनर्श कमुष्ठ प्रदान गरिनेछ ।
बीमा भुक्तानीको अवधि सकिएपछि बीमाङ्क रकम बराबरको निःशुल्क जोखिम बहन हुने ।

बीमाशुल्क भुक्तानी अवधिपछि बीमित जीवित रहेमा प्रत्येक बीमा वर्ष दिवशमा बीमाङको ५ दशमलव ५० प्रतिशत रकम सुनिश्चित जीवित लाभ(पेन्सन सरह) बीमितको उमेर ९९ वर्षसम्म हुँदासम्म प्रदान गरिनेछ । पेन्सन लिइरहेको समयमा बीमा समर्पण गर्न सकिने सुविधा समेत रहेको छ ।

बीमा अवधिमा ७५ लाखसम्मको थप दुर्घटना लाभ र स्थायी असक्तता लाभ उपलब्ध रहने जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS