काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई बोनस शेयर वितरण गर्ने भएको छ ।बैंकले १३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले आयकर ऐन २०५८ अनुसार बैंक तथा वित्तीय संस्थाहरु गाभिएको अवस्थामा कायम शेयरधनीलाई गाभिएको मितिले २ वर्षसम्म वितरण गरेको लाभांशमा कर नलाग्ने भएकाले बोनस शेयरको लागि नगद लाभांशको व्यवस्था नगरेको सूचना मार्फत जनाएको छ ।
उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति पाएपछि र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।