काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको पुस ३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको कुल २३ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
संस्थाले आफ्ना लगानीकर्तालाई १५ प्रतिशत बोनस शेयर र ८ दशमलव १६ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरि कुल २३ दशमलव १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र संस्थाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।