गुडविल फाईनान्सले लाभांश घोषणा गरेको छ। फाइनान्सको आज बिहान ९ बजे बसेका संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफा वितरण हुने लाभांश प्रस्ताव गरेको हो ।
फाइनान्सले ८ दशमलव ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत गरि ३ दशमलव ६ प्रतिशत नगद गरि कुल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
फाइनान्सले पुस २९ गते सभा आह्वान गरेको छ भने सभा प्रयोजनको लागि पुस १७ देखि २९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । जसका कारण पुस १६ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।