काठमाडौं । आज विहान बसेको मन्त्रिपरिषदको बैठक संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिससँगै पुँजि बजारमा पहिरो गएको छ । कोरोबार सुरु भएको १६ मिनेटमा नेप्से ५४.६६ अंकले घटेको छ ।
साताको पहिलो दिन पुँजि बजारमा राजनीतिको प्रत्यक्ष प्रभाव परेको हो । दुई साता पहिले दुई हजार माथि पुगेको नेप्से आजको पहिरोसँगै १९७७ मा आईपुगेको छ । अहिलेकै स्थिति रहेमा एक घण्टाभित्रैमा कारोबार सर्किट लागेर कारोबार बन्द हुने सम्भावन देखिएको छ ।