काठमाडौं । नेपाल बङ्गलादेश बैंकको २६औं वार्षिक साधारणसभा पुस २६ गते हुने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैंठकले पुस २६ गते आइतबार विहान ११ः३० बजे साधारणसभा गर्ने निर्णय गरेको हो ।
बैंकले कोरोना माहामारीलाई ख्याल गर्दै जुम र फेसबुक लाइभमार्फत सभा आयोजना गर्ने जनाएको छ ।
सभाले असार मसान्तसम्म कायम रहेको चुूक्तापूँजीको २ दशमलव ४२ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनश शेयर दिने प्रस्ताव स्वीकृत गर्ने छ ।
त्यस्तै, बैंकले साधारणसभा प्रयोजनका लागि पुस १० गते एक दिन शेयर दाखिल खारेज (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।