IME Life
GBIME

मुक्तिनाथ विकास बैंकको एजिएम पुष २५ गते, लाभांश पारितसँगै यस्ता छन् अन्य प्रस्ताव

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा पुष २५ गते गर्ने भएको छ । बैंकको पुष ३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १४औं वार्षिक साधारण सभाको मिति तय गरेको हो । उक्त सभा होटल पोखरा ग्राण्ड, पार्दी, पोखरामा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुने बैंकले जनाएको छ ।

सभामा बैंकको मंसिर २१ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ११ दशमलव २५ प्रतिशत बोनस शेयर र ४ दशमलव २६ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १५ दशमलव ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।

Crest

त्यस्तै, सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू रहेका छन् ।

बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष १३ गतेदेखि पौष २५ गतेसम्म बैंकको बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण पुष १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

6.indd

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS