काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । बैंकको हिजो पुष ३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई लाभांश प्रस्ताव गरेको हो ।
बैंकले आफ्ना शेयरधनीहरुलाई १० दशमलव २६९५ प्रतिशत बोनस र ० दशमलव ५४०५ प्रतिशत नगद (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव गरेको जनाएको छ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।