काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यो साता चार कम्पनीको दुई करोड १८ लाख ९२ हजार ४ सय ७८ कित्ता शेयर सूचीकृत भएको छ।यो साता नेप्सेमा दुई कम्पनीको बोनस शेयर, एउटा कम्पनीको हकप्रद शेयर र एक कम्पनीको साधारण शेयर (आइपिओ) सूचिकृत भएको हो ।
नेप्सेमा जनउत्थान सामुदायिक लघुवित्तको एक लाख ५८ हजार ४ सय कित्ता, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी बैंकको २ लाख ६५ हजार ५ सय ५९ कित्ता बोनस शेयर सूचीकृत भएको छ।
त्यस्तै, समृद्धि फाइनान्सको १७ लाख ८८ हजार २ सय ४९ कित्ता हकप्रद शेयर र माउन्टेन इनर्जी नेपालको १ करोड ९६ लाख ८० हजार २ सय ७० कित्ता साधारण शेयर (आइपिओ) सूचीकृत भएको हो ।