काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा आज पौष ३ गते, युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको साधारण शेयर सूचिकृत भएको छ ।
कम्पनीको ४२ लाख कित्ता साधारण शेयर (आइपिओ) धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकृत भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ९८ रूपैयाँ ७९ पैसादेखि अधिकतम २९६ रूपैयाँ ३७ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । शेयर कारोबार गर्नका UMRH संकेत प्रदान गरिएको छ ।