Connect IPS
IME Life

वायरबार्ले मार्फत इसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स् सेवा थप ६ वटा देशबाट सुरू

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । इसेवामनि ट्रान्सफर र वायरबार्लेबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यो सम्झौतासँगै अमेरिका, क्यानाडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण कोरिया, र हङकङमा रहेका नेपालीले वायरबार्लेबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इसेवावालेटमा सहजै रकम पठाउन सकिन्छ ।

नगदमा पठाइएको रकम इसेवा मनि ट्रान्स्फरका नेपाल भर रहेका ८ हजार भन्दा धेरै एजेन्ट मार्फत रकम प्राप्त गर्न सकिन्छ । यस्तै रकम सिधै इसेवा वालेटमा प्राप्त गर्न सकिन्छ भने बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ ।

Prabhu
Crest

वायरबार्ले एउटा फिनटेक स्टार्ट अप कम्पनी हो, जसले एशिया प्रशांत क्षेत्रमा मोबाइल/अनलाइन रेमिट्यान्स् सेवा प्रदान गर्दछ । वायरबार्ले अस्ट्रेलियाको पहिलो र अग्रणी कम्पनीहो र यसको सेवा अस्ट्रेलिया, दक्षिण कोरिया, अमेरिका, क्यानाडा, न्युजिल्यान्ड र हङकङमा रहेको छ । यस कम्पनीले छिट्टै नै जापान, फिलिपिन्स् लगायतका मुलुकमा सेवा विस्तार गर्दै छ ।

इसेवामनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवा मार्पmत नेपालमा सेवा प्रदान गर्दै आइरहेको छ । हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै डिजिटल माध्यमबाट रेमिट्यान्स् पठाउदा सुरक्षित, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर प्राप्त गर्नुका साथै समयको बचत गर्न सहयोग मिलेको छ । इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुको उद्देश्य रहेको इसेवामनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS