काठमाडौं । प्रभु क्यापिटलको १२ औं वार्षिक साधारण सभा पुस २४ गते हुने भएको छ । उक्त सभा क्यापिटलको केन्द्रिय कार्यालय, कमलादी, काठमाडौंमा बिहान ११ बजे सभा बोलाएको छ ।कम्पनीको मंसिर २६ गते सम्पन्न संचालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
सभाले आ.व २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०७७र७८ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने प्रताव राख्ने भएको छ। त्यस्तै, निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालकहरुको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र प्रबन्धपत्र तथा नियामावलीमा आवश्यक संशोधन सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।