काठमाडौं । २ वटा कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेड र नागरिक लगानी कोषको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरधनी प्राइम कमर्शियल बैंक लिमिटेडको नाममा रहेको ८६ हजार ९ सय कित्ता संस्थापक समूहको शेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
उक्त शेयर मंसिर २५ गते, बिहीबारबाट खुल्ला गरिएको थियो । उक्त शेयरको न्युनतम मूल्य प्रतिकित्ता ३ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले न्युनतम एक सय कित्ताको लागि आवेदन दिन सक्नेछन् अधिकतममा भने कुनै हद तोकिएको छैन । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
त्यसैगरी, प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहको शेयरमा आवेदन दिने पनि आज अन्तिम दिन हो ।
कम्पनीले मंसिर २५ गते, बिहीबारबाट कोषको संस्थापक समूहको ५० हजार कित्ता शेयरहरू बोलकबोल प्रकृयाबाट बिक्री खुल्ला गरेको थियो । उक्त शेयरहरू खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले प्रति कित्ता एक हजार ९ सय रुपैयाँमा नघट्ने गरि शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ