काठमाडौं । कृषि विकास बैंकले ऋणपत्र निष्काशन गर्नको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले ६ अर्ब रुपैयाँ बराबरको ६० लाख कित्ता ऋणपत्र निष्काशन गर्नको लागि बोर्डमा निवेदन दिएको हो ।
बैंकले ६० लाख कित्तामध्ये २४ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ३६ लाख कित्ता व्यक्तिगत तवरबाट विक्री गर्ने जनाएको छ ।
बैंकले ७ वर्ष सम्मको लागि ४ प्रतिशत ब्याजदरमा ऋणपत्र निष्काशन गर्न को लागेको हो । ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।