Connect IPS
IME Life

जनउत्थानद्वारा व्यावसायिक बाख्रापालन तालिम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यूके.एड., सक्षम वित्तीय पहुँच सँगको सहकार्यमा जनउत्थान सामुदायिक लघुवित्तले व्यावसायिक बाख्रा पालन तालिम सम्पन्न भएको छ । यूके.एड., सक्षम वित्तीय पहुँच सँगको सहकार्यमा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले समुहमा आवद्ध समुह सदस्यहरुको क्षमता अभिवृद्धि २ दिने व्यावसायिक बाख्रा पालन सम्बन्धि तालिम सम्पन्न गरेको हो ।

स्वरोजगार सृर्जना गर्ने उद्देश्यका साथ शाखा कार्यालय शक्तिखोर, चितवन र शाखा कार्यालय ठोरी पर्सामा आवद्ध ५३ जना समुह सदस्यहरुलाई दुई छुट्टा–छुट्टै स्थानमा सञ्चालित कार्यक्रममा इच्छाकालिका गाँउपालिका वडा नं. १, चितवनमा कालिका नगरपालिकाका पशु सेवा शाखाका अधिकृत इश्वरी प्रसाद पौडेलले र ठोरी गा.पा. २, टाउन प्लान, पर्सामा कृष्ण बहादुर कार्कीले तालिमलाई सहजीकरण गर्नु भएको थियो ।

Prabhu
Crest

तालिममा व्यावसायिक बाख्रा पालनको परिचय, महत्व, बजार, रोग नियन्त्रण तथा प्रजनन् व्यवस्थापन, हेरचाह, खोर व्यवस्थापन लगायतका विषयहरुमा प्रशिक्षण गरिएको थियो । कार्यक्रमलाई सम्बन्धित शाखाका शाखा प्रमुख सुमन सापकोटा र अजय गुरुङ्ग लगायत त्यँहा कार्यरत कर्मचारीहरुले व्यवस्थापन गरेका थिए ।

संस्थाको हाल १९ जिल्ला कार्य क्षेत्र रहेको र ३९ वटा शाखा कार्यालय मार्फत करिव ४४ हजार समुह सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS