काठमाडौं । नेपाल बैंक लिमिटेडले लाभांश प्रस्ताव गरेको छ । बैंकको हिजो पौष १ गते बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले आफ्ना शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद (कर प्रयोजनका लागि) समेत गरी कुल १६ प्रतिशत लाभांश घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।