काठमाडौँ । नेपाल राष्ट्र बैंकले ३० अर्ब रूपैयाँ बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट संकलन गर्ने भएको छ । बैंकले २८ दिनको अवधिको लागि निक्षेप संकलन उपकरण निष्काशन गर्न लागेको बैंकले जनाएको छ ।
निक्षेप संकलन उपकरण खरिद गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले कम्तिमा ५ करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सकिने बैंकले जनाएको छ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने नेपाल राष्ट्र बैंकले जनाएको छ । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने समेत नेपाल राष्ट्र बैंकले बताएको छ ।